नियम ४१
विदेशीले पालन गर्नु पर्ने आचरण र शर्तहरू
नेपालमा प्रवेश, उपस्थिति, पदयात्रा वा नेपालबाट प्रस्थान गर्ने प्रत्येक विदेशीले ऐन तथा यस नियमावलीमा उल्लेख गरिएका व्यवस्थाका अतिरिक्त देहाय बमोजिमको आचरण तथा शर्तहरू पालना गर्नु पर्नेछ –
(क) अनुमतिपत्र विना पदयात्रा क्षेत्रमा जानु हुँदैन ।
(ख) राजनीतिमा भाग लिनु हुँदैन ।
(ग) प्रचलित कानूनले निषेध गरेका वस्तुहरू राख्न वा प्रयोग गर्न वा निषेध गरेका कार्यहरू गर्न हुँदैन ।
(घ) स्थानीय परम्परा र रीतिरिवाज विपरित कुनै क्रियाकलाप गर्न गराउन हुँदैन ।
(ङ) पदयात्रा क्षेत्रमा अधिकार प्राप्त अधिकारीले दिएको निर्देशनहरूको पालना गर्नु पर्नेछ ।
(च) प्रवेश, उपस्थिति वा प्रस्थानको समयमा कार्यालयले माग गरेमा पहिचान सम्बन्धी विवरण, छाँया चित्र, औंठा छाप र प्रवेश, उपस्थिति वा प्रस्थान सम्बन्धी कागजात उपलब्ध गराउनु पर्नेछ ।
पाँचौ संशोधनद्वारा थप ।